पाँचथरमा १ सय ०३ संक्रमित थपिए, कुन स्थानीय तहमा कती ?

ज्योती भण्डारी ।। पाँचथरमा पछिल्लो २४ घण्टामा १ सय ३ जना संक्रमित थपिएका छन् । यो नतिजा हिजो वेलुका आएको PCR को नतिजा समेतको हो । जेष्ठ १७ गते संकलन गरिएको १ सय ९ जनाको श्वाब परिक्षणको क्रममा हिजो बेलुका ७२ जनाको नतिजा पोजेटिभ आएको थियो ।

यता आज पाँचथर जिल्ला अस्पतालमा गरिएको ३७ जनाको एण्टिजेन परिक्षणमा २० जनाको पोजेटिभ, कुम्मायकमा १ सय ८० जनाको (गतको समेत तथ्याङ्क अद्यावधिक गरिएको) परिक्षणमा ९ जनामा संक्रमण पुष्टी भएको र फालेलुङ गाउँपालिकामा २१ जनाको परिक्षणमा २ जनामा संक्रमण पुष्टी भएको DCCMC का फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।

हाल सम्मको जिल्लाको कोरोना (दोस्रो लहर) को अवस्था हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार