पाँचथरमा आज ६३ जना संक्रमित थपिए, पालिका स्तरिय रिपोर्ट हेर्नुहोस

ज्योती भण्डारी ।। पाँचथरमा आज ६३ जना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको परिक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् ।

आज फिदिममा ५७ परिक्षणमा ३२ जना, हिलिहाङमा ४२ परिक्षणमा १७ जना पोजेटीभ, मिक्लाजुङमा ३८ मा २ पोजेटिभ र तुम्वेवामा २० जनाको परिक्षण मा १२ जनामा संक्रमण पुष्टी भएको DCCMC का जिल्ला फोकल पर्सन तेज ब. तुम्वापोले जानकारी दिनुभयो  ।

यता फाल्गुनन्द १ नवमीडाडामा यो भन्दा अगाडी संक्रमित रहेका १ सहित १५ जनाको परिक्षणमा १५ जनाकै नेगेटीभ नतिजा आएको फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङदेम्वेले जानकारी दिनुभयो ।

पाँचथरको स्थानीय तहको अवस्था हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार