महामारीमा नआत्तिन तर सचेत बन्न नागरिकलाई फाल्गुनन्द गाउँपालिकाको आग्रह

खविन लुइटेल ।। कोरोनाको दोसो लहरको प्रभाव फाल्गुनन्द गाउँपालिकामा समेत परिसकेको छ । यसबाट गाउँपालिकाले सञ्चालन गरेका सम्पूर्ण गतिविधीहरु प्रभावित वनेका छन् । गएको वर्ष समेत यसै समयमा कोरोनाबाट गाउँपालिकाका सबै काम ठप्प भएका थिए ।

यो वर्ष समेत गाउँपालिकामा कोरोना भाइरसको जोखिम वढेको छ । यो सम्भावित जोखिबाट नआत्तिन तर सचेत वन्न गाउँपालिकाको नेतृत्वले फाल्गुनन्द वासी नागरिक समक्ष अनुरोध गरेको छ । यो महामारी बाट वच्न गाउँपालिकाले के कस्ता तयारी गरेको छ भनेर सिंगो गाउँपालिकाको नेतृत्व संग कुराकानी गरेका छौ ।

नागरिकको ज्यानको रक्षालाई पहिलो प्राथमिकतामा राखेका छौ : अध्यक्ष विरवहादुर कुरुम्बाङ

यो समय विकास निमार्णको लागि सवैभन्दा महत्वपूर्ण समय हो । तर विपत्तिले फेरी पनि हामीलाइ गाँजेको छ । गएको वर्षको विपत्ति भोगाइबाट ठुलो सिकाइ समेत भएको छ । यो वर्ष पनि हामी सुरुवाती चरणमै राँकेमा कडाइ गर्ने पक्षमा थियौ, तर जिल्लाकै नाका भएकोले हाम्रो मात्र निर्णयले नहुने भयो, अन्तत ः हामीले फाल्गुनन्द गाउँपालिका एक्लैको लगानिमा ४८ घण्टामा भौतिक संरचना समेत निर्माण गरि हेल्थ तथा हेल्प डेस्क स्थापना गरेका छौ ।

पाँचथर भित्रने नागरिकको विवरण राखेर कहाँ जाने हो ? सो स्थानीय तहलाइ खवर गर्ने संरचना निर्माण भएको छ । यस्ले कन्ट्रयाक्ट ट्रेसिङ गर्न र अनुगमन गर्न समेत मद्धत मिलोस भन्ने हाम्रो लक्ष्य हो । हामी संग उपलब्ध स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी परिचालन गर्न र स्वास्थ्यकर्मीलाई जुनसुकैवेला समेत सेवामा खटिन सक्ने खालको वातावरण सृजना गरेका छौ । आपतकालिन अवस्थाको लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

विरामीलाई अक्सिनको अभाव भएमा यहाँबाट अस्पताल सम्म पुर्याउन आवश्यक अक्सिजन समेत सुरक्षित गरेका छौ । महामारीबाट वच्न र वचाउनको लागि प्रचार प्रसार, जनचेतना, अनुगमन लगायतका कार्यहरुमा हामी दैनिक रुपमा खटिरहेका छौ । गएको वर्षनै स्वास्थ्यको क्षेत्रमा देखा परेको संकटकै कारण यस वर्ष स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट समेत विनियोजन भएको छ । महामारीमा नआत्तिन तर सचेत बन्न नागरिकलाई गाउँपालिकाको आग्रहगरेका थियौ । अहिले गाउपालिकाले एण्टिजेन विधीबाट कोरोनाको परिक्षण गरिरहेको छ ।

गाउँपालिका भित्रका नागरिकलाइ परिक्षणको लागि एण्टिजेन परिक्षणको लागि आवश्यक पर्ने सामाग्री हरु समेत गाउँपालिकाले खरिद गरिसकेको छ । यो विपत्तिको सामना गर्न नागरिकको सहयोग भएन भने गाउँपालिका एक्लैले गर्न सक्न सक्दैन तसर्थ सिंगो गाउपालिका वासी आमा, बुबा, दाजुभाइ तथा दिदिवहिनीहरुमा यो समयमा संयमता अपनाएर गाउपालिकाले गरेका निर्देशनहरु, नेपाल सरकारवाट जारी निर्देशन पूर्ण रुपमा पालना गरि आफु, आफ्नो परिवार र सिंगो समुदायलाइ वचाउने कार्यमा लाग्नुहुन र त्यसो गर्दा गर्दै पनि केही समस्या आइ परेमा मलाइ मेरो व्यक्तिगत नम्बर, गाउँपालिका वा जुनसुकै माध्यमबाट समेत खवर गर्नुहुन अनुरोध गर्दछु । यो विपत्तिको समयमा सिंगो गाउपालिकाको अभिभावकको हैसियलले गाउपालिकामा कुनैपनि क्षति हुन नदिन लागि परको व्यहोरा समेत यहाँहरुमा राख्न चाहन्छु ।

संकास्पद विरामीको घरमै स्वास्थ्य कर्मीलाइ परिक्षणको लागि पठाउने व्यवस्था मिलाएका छौ : उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे

गाउँपालिका भित्रका नागरिकलाइ कोरोनाको शंका लागेमा स्वास्थ्य कर्मीलाइ उहाँहरुको घर सम्म पु¥याउन आवश्यक प्रवन्ध मिलाएका छौ । हरेक वडा स्तरिय चौकीमा एण्टीजेन परिक्षण र गाउँपालिकाको राँके मा पिसिआर परिक्षणको व्यवस्था मिलाइएको छ । गाउँपालिकाका सवै स्वास्थ्यकर्मीलाई अहोरात्र खट्न र नागरिकको सेवामा लाग्न उत्प्रेरित गर्ने खालका निर्णयहरु गर्न कुनै कञ्जुष्याइ भए जस्तो लाग्दैन् ।

हामी संग भएका स्वास्थ्य संरचनाहरुमा आवश्यक पूर्वाधार र तिनिहरुको परिचालन गर्न जनशक्ति तयारी अवस्थामा रहेका छन् । वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत यस महामारीमा परिचालन गरिएको छ । एका तर्फ महामारीलाइ नियन्त्रण गर्ने चुनौती छ भने अर्को तर्फ चालु आ.ब. मा सञ्चालित योजना सम्पन्न गर्नु पर्ने वाध्यता छ । यि दुवै जिम्मेवारिलाई गाउँपालिकाले पुरा गर्न लागि परेको छ ।

आवश्यक सुरक्षा सावधानी अपनाएर योजना अनुगमन तथा मुल्याङ्कनको कामलाइ जारी राखिएको छ । गाउपालिकामा संक्रमण हुनै नदिने र भैहालेमा त्यसको लागि आवश्यक औषधीका साथै यस्तो वन्दा वन्दीको समयमा दीर्घ रोगीहरुले खाने औषधीहरु समेत गाउँपालिका मार्फत गरिद गरी सवै वडा कार्यालयको स्वास्थ्य चौकीमा पु¥याइसकिएको छ ।

तसर्थ केही समय धैर्य गरेर यो विपत्तिलाइ पराजित गर्न मद्धत गर्नुहुन सिंगो फाल्गुनन्द गाउपालिकावासी नागरिकमा अनुरोध गर्दछु ।

विपद व्यावस्थापनको लागि तयार छौ : प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोक

हामीले विपत व्यावस्थापनका लागि आवश्यक तयारीहरु लगभल पुरा गरेका छौ । पहिलो चरणमा संक्रमण हुन नदिन अपनाउनु पर्ने सचेतनाको लागि प्रचार प्रसार र जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । जसको लागि सबै वडा कार्यालय र त्यहाँ रहेको प्रहरी चौकिलाई परिचालन गरिएको छ ।

अर्को संक्रमित क्षेत्रबाट भित्रिएका नागरिकको विवरण वडा सम्म पुर्याएर उहाँहरुलाइ १४ दिन सम्म घरमै (होम आइसोलेसनमा वस्न) लगाउने र त्यसको अनुगमन सम्वन्धित वडा मार्फत गर्ने संरचना तयार भएको छ ।

दोस्रो चरणमा कसैलाई संक्रमणको शंका लागेमा स्वास्थ्यचौकी मा परिक्षण, वा त्यो पनि असम्भव भएमा उहाँहरुको घर सम्मनै पुगेर परिक्षणको व्यवस्था गरेका छौ । यसरी परिक्षण गर्दा संक्रमति देखिएका नागरिकलाई उपचार गर्नको लागि ५ शैयाको अस्थायी कोभिड अस्पताल राँकेमा तयारी अवस्थामा रहेको छ । यस्लाइ आवश्कयता पर्दा १५ शैया थप गर्न सकिने गरिको पूर्वाधार रहेको छ । स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधी र अक्सिजन समेत प्रवन्ध मिलाइएको छ ।

यसरी संक्रमितको उपचार गर्दा गर्दै अवस्था थप जटिल भएमा उहाँहरुलाइ थप उपचारको लागि वाहिर लैजान आवश्यक उपकरण सहितको एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । र संक्रमितलाइ सुविधा सम्पन्न अस्पताल सम्म लैजादै गर्दा आवश्यक पर्ने अक्सिजन समेत तयारी अवस्थामा रहेको छ ।

कथम कदाचित गाउँपालिका भित्रका नागरिकको कोरोनाकै कारण दुखद निधन हुन पुगेको अवस्थामा जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण कमिटिको निर्देशन अुसार शन व्यावस्थापनको समेत स्थान तोक्ने काम भएको छ । यस्ले भोलि हुन सक्ने सम्भावित जोखिमलाइ कम गर्न र जोखिम भै हाले त्यसको सहज व्यवस्थापन गर्न मद्धत मिल्ने हामीले विश्वास लिएका छौ ।

साथै गाउँपालिका स्तरमा हुन सक्ने उपचार प्रणालीमा कुनै कमि हुन नदिन प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यो अवधीमा हामी संग रहेका सवै स्वास्थ्यकर्मीहरुलाइ कुनै प्रकारको बिदा समेत नदिइकन काममा खटाइएको छ । नागरिकको ज्यानको रक्षालाइ पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आवश्यक निर्णय र समन्व्य गर्नेछ । यो विपत्तिको समयमा सचेत हुन तर नआत्तिन सवै फाल्गुनन्द वासी नागरिक समक्ष आग्रह गर्दछु ।

फाल्गुनन्द गाउँपालिका एक्लैले सिंगो जिल्लाको लागि ठुलो धनराशी खर्चिएको छ : सूचना अधिकारी राजेन्द्र भट्टराई

कोरोना भोगाइ हाम्रो २ वर्षको हो । यो अवधिमा हामीले थुप्रै कुराहरु सिक्ने मौका पाएका छौ । पहिलो वर्ष विपत्तिमा गाउँपालिकाले ठुलो धनराशी खर्च गरेको छ भने जिल्ला भरिका झण्डै ४ सय नागरिकलाई व्यावस्थापन गर्ने चुनौती पुरा गरेको थियो ।

यो वर्ष समेत हामीले सिंगो जिल्लाको प्रवेशद्धार राँकेमा भौतिक संरचनासहितको हेल्थ तथा हेल्प डेस्क सञ्चालनमा ल्याएका छौ । हरेक स्वास्थ्य चौकीमा कम्तीमा २ थान पुग्नेगरी अक्सिजन सिलिण्डर, गाउँपालिका भरिका संकास्पद नागरिकको परिक्षणका लागि पर्याप्त हुने गरि एण्टिनेज भिटिएम, आवस्यक मास्क, सेनिटाइर, पिपिइ लगायतका सामाग्री खरिद गरिसकेका छौ ।

गएको वर्ष मात्रै फाल्गुनन्द गाउँपालिकाका सहित जिल्ला भरिका नागरिकको राँके स्थित क्वारेन्टिनमा व्यावस्थापनको लागि लगभग ३५ लाख रुपैया फाल्गुनन्द गाउँपालिका एक्लैले खर्चिएको छ । यता सुरक्षामा खटिने सुरक्षा कर्मी, राँकेका शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको परिचालनमा समेत फाल्गुनन्द एक्लैले ठुलो धनराशी खर्चिएको छ । गाउँपालिकाका कर्मचारीहरु रात दिन नभनिकन महामारीको रोकथाम र सम्भावित जोखिमको कमी गर्न लागिरहेको अवस्था छ ।

विगतका वर्षमा फाल्गुनन्द गाउँपालिकाका नागरिक अन्य स्थानीय तहमा वसेको भन्दै सो वापतका रकम भुक्तानी माग गर्दै फाल्गुनन्दमा शोध भर्नाको लागि पत्र समेत आएका छन् । तर पाँचथरका सबै सहित इलामको फाकफोकथुम गाउँपालिकाका नागरिकलाई समेत फाल्गुनन्दले १४ दिन सम्म क्वारेन्टिनमा राखेर, गाउँपालिकालेनै गाडि व्यवस्थापन गरेर घर घर सम्म पु¥याएको अवस्था थियो । हाल सम्म सो रकमको मागदावी कुनैपनि स्थानीय तह संग हाम्रो गाउँपालिकाले गरेको छैन् ।

एकातिर महामारीको यस्तो अवस्था छ, अर्को तर्फ गाउपालिकाले यो वर्ष सञ्चालन गरेका योजनाको अनुगमन तथा भुक्तानीको चुनौति छ, यि दुवै जिम्मेवारीलाइ पुरा गर्न गाउँपालिकाको योजना शाखा तयार छ, हामीले आवश्यक स्वास्थ्य सुरक्षा र सावधानिहरु अपनाएर योजना अनुगमन र कार्यालय भित्रबाट प्रदान गर्ने अत्यावश्यक सेवाहरु समेत निरन्तर प्रदान गरिरहेका छौ । र सम्पूर्ण फाल्गुनन्दवासी नागरिकबाट समेत निरन्तर सहयोगको अपेक्षा गरेका छौ ।

रोग नलुकाइदिनुहुन अनुरोध छ : स्वास्थ्य संयोजक दिनेश भट्टराई

हामी ४३ जना स्वास्थ्यकर्मी फाल्गुनन्द गाउँपालिकामा रहेका छौ । साथै ५४ जना महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । सवै जना यो संक्रमणको अवधिमा बिदा नलिइकन नागरिकको सेवामा तल्लिन छौ । संकास्पद विरामीहरु देखिएका स्थानमा पुग्ने, स्वाव संकलन गर्ने र एण्टिजेन परिक्षण गर्ने कार्यहरु निरन्तर भैरहेका छन् । राँकेमा पिसिआर परिक्षणको प्रवन्ध मिलाइएको छ । हाल सम्म कुनै पनि स्वास्थ्य सामाग्रीको अभाव छैन ।

अरु आवश्यक सामाग्री समेत खरिद भै रहेका छन् । गाउँपालिकाको सिंगो नेतृत्वले स्वास्थ्यकर्मीको मनोवल वढाउन प्रसस्त पहल र प्रयास गरेको छ । अव सिंगो समुदाय संग मिलेर यो महामारी संगको लडाइ जित्नु छ, सवै फाल्गुनन्द वासीमा उच्च हौसला राख्न र कही कतै कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएमा तुरुन्तै नजिकैका स्वास्थ्य कर्मीलाइ खवर गर्नुहुन समेत अनुरोध गर्दछु ।

पछिल्लो पटकको कोरोनाले रोगलाइ लुकाएर घरमै वस्दा धेरै जोखिम वढेको पाइएको छ । संक्रमितको पहिचान भयो भने यसको निवारण गर्न समेत सहज हुने भएकोले रोग लाग्नु अपराध हैन, वरु संक्रमितहरुलाई माया र हौसला दिएर उपचार गर्नु पर्छ भन्ने सोच राखिदिनु हुन समेत सवैमा अनुरोध गर्दछु ।

खानपानमा विशेष ध्यान दिऔं, आवश्यक आर्युवेदिक औषधी औषधालयमा उपलब्ध छन् : आर्युवेद शाखा प्रमूख राजु पराजुली

फाल्गुनन्द गाउँपालिकाभित्र ३ स्थानमा आयुर्वेदिक उपचार केन्द्र रहेका छन् । फाक्तेप, पिपलबोटे र राँकेमा रहेका हाम्रा सेवा केन्द्रहरुमा आर्युवेदिक औषधीहरु निशुल्क रुपमा वितरण भैरहेको छ ।

मानिसको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दै, भाइरस संग लड्न शक्ति मिल्ने खालका जडिवुटीहरु द्धारा तयार पारिएका विभिन्न औषधीहरु ति सेवा केन्द्रबाट प्राप्त गर्न सक्नुहुनेछ । साथमा संक्रमण हुन नदिन गाउँघरमा पाइने विभिन्न घरायसि उत्पादनहरुको समेत प्रयोग गर्न सकिन्छ जस्तै, गुर्जो, वेसार, दालचिनि, तेजपत्ता, जिरा ज्वानो सुप, ल्वाङ, मरिच जस्ता मसलाहरु आफ्नो खानामा समावेश गर्ने, बेसार, अदुवा, लसुन, मरिच खानामै समावेश हुने भएकाले छुट्टै खानुपर्ने आवश्यकता हुँदैन । यस्तै, गुर्जो चिया, अस्वगन्धा, अलैची, शुकमेल, तुलसी दिनमा मात्रा मिलाएर मात्र सेवन गर्नुपर्छ ।

घाँटी खसखस भएमा, चिसो लागेमा त्रिसठु (अदुवा, मरिच, पिपला) को चिया बनाएर खान सकिन्छ । हामीले दैनिक रुपमा भान्सामानै यस्ता खानेकुराहरुको प्रयोग गरिरहेकै हुन्छौ ।

५ दाना टिमुर, ५ वटा तुलसिको पत्ता (सुकेको वा हरियो), २ दाना मरिच र सानो टुक्रा अदुवा, आधा चम्चा वेसारमा १ लिटर पानि राखि मज्जाले पकाएर खादा यस्ले संक्रमितलाइ समेत फाइदा गर्छ भने, संक्रमण हुन नदिन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

आधा चम्चा वेसार बेलुका दुधमा राखेर पिउदा यसले फाइदा गर्छ । दैनिक रुपमा न्युनतम आधाघण्टा योग, ध्यान, प्राणायम गर्नुहुन सवै गाउपालिका वासीमा अनुरोध छ । यो वर्ष विनियोजन भएको रकमबाट औषधी खरिदको प्रकृया समेत अगाडी वढिसकेको छ ।

समग्रमा आर्युवेद शाखाले समेत महामारीको यो समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न लागि परेको छ ।

(यो समाचार फाल्गुनन्द गाउपालिकाद्धारा प्रकाशित फाल्गुनन्द टाइम्सको वैसाख ०७८, अंकबाट साभार गरिएको हो) 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार