आजको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने

नेकपा एमाले स्थायी कमिटी साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि नेकपा एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो ।

यसपछि पनि नेता नेपाल पक्षले विपक्षी गठबनधनसँग मिलेर एमाले पार्टी नेतृत्वको सरकारको कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथी बहस जारी छ ।

यसैक्रममा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षको गतिविधिलाई लक्षित गर्दै आफ्नै पार्टीहित विपरीतको गतिविधि इतिहासमै अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको अभिव्यक्ति दिएका थिए ।

साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो । यसैक्रममा अकस्मात् बैठक स्थगित भएको हो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार