ज्योती भण्डारी ।। पाँचथरमा आज ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ६९ पुगेको छ ।
हालसम्म १ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् भने संक्रमितमध्ये ४ सय १६ जना होम आइसोलेसनमा भएकाे कोभिड १९ डिस्टिक फोकल पर्सन तेजबहादुर तुम्बापोले जानकारी दिनुभयाे ।
याे समय जिल्लामा ९ जनाकाे HDU मा उपचार भईरहेको छ भने दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।






















