फिदिम ७ र ८ मा पटक पटक विद्युत अवराेध हुदा उपभाेक्ता मारमा

रामप्रसाद बास्कोटा पाँचथर ।। जिल्लाको फिदिम नगरपालिका वडा नं.-७ र ८ मा पटक पटक विद्युत अवरोध भइरहेकाले यस क्षेत्रका विद्युत उपभोक्ताहरु सेवा लिन बाट बन्चीत भएका छन् । सामान्य पानी पर्दा र सामान्य हावा हुरी चल्न सुरु गर्दा देखि नै विद्युत अवरोध हुदै आएको हो ।

हप्तामा १ दिन विद्युत सेवा लिएर बाकी ६ दिन अध्यारोमा बस्न बाध्य भइ विद्युत महसुल मात्र तिर्नु परेपछि यहाँका उपभोक्ताहरु फिदिम बिद्युत सहकारी संस्था प्रती आक्रोसित बनेका छन । यसै विषयमा फिदिम विद्युत सहकारी संस्था मा सम्पर्क गर्दा प्राविधिक देवेन्द्र आचार्यले ले भने फिदिमबाट वितरण हुदै आएको विद्युत एउटै लाइनबाट रानिटार,पौवाभन्ज्याड,इम्वुड लगायताका क्षेत्रमा वितरण भएकोले लामो दुरी भइ पटक पटक अवरोध हुने गरेको र समस्या चाडै पत्ता लगाउन नसक्दा विद्युत सेवा नियमित सुचारु गर्न नसकिएको कुरा बताए ।

यसरी पटक पटक विद्युत सेवा अवरोध हुदा यस क्षेत्रका उपभोक्ताहरुले अध्यारोमा बस्नु पर्ने,मोवाइल चार्ज गर्न नपाउने, इन्टरनेट चलाउन नपाउने, टेलिभिजन हेर्न नपाउने, घरेलु उद्योग, मिल संचालन गर्न बाट बन्चीत हुनू पर्दा ठुलो समस्या भोग्नु पर्ने अवस्था आएको भन्दै सम्बन्धीत निकायको ध्यान जानु पर्ने कुरामा जोड दिएका छन ।

यस अघि गत बर्ष पनी यसरी नै विद्युत अवरोध भइरेहेकाले जिल्ला प्रसासन कार्यलय पाँचथर, नेपाल विद्युत प्राधिकरण फिदिम र फिदिम विद्युत सहकारी संस्थामा धर्ना सहित ज्ञापन पत्र समेत बुझाए पछी विद्युत सेवा नियमित भएको थियो । तर एक बर्ष पछी त्यही समस्या दोहोरिन थालेपछि पुन सम्बन्धीत निकायमा धर्ना दिनु पर्ने बाध्यता हुन सक्ने भन्दै स्थानिय उपभोक्ताहरुले चाडै विद्युत सेवा नियमित गर्न आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार