नयाँ कुरो समाचार । पाँचथर जिल्लामा कोरोनाको दोश्रो लहरमा संक्रमितको संख्या ४ सय ५ पुगेको छ । दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालले पठाएको दैनिक रिपोर्टमा आज २८ जना थपिएर संक्रमितको संख्या ४ सय ५ पुगेको बताइएको छ ।
तर अपराहान्न रानिटारमा गरिएको परिक्षणमा थप २४ जनामा संक्रमण पाइएको छ उक्त संख्या आजको रिपोर्टमा समावेश गरिएको छैन् । यो संख्या सहित जिल्लामा संक्रमितको संख्या ४ सय २९ पुगेको छ ।
नांगलपा आधारभुत स्वास्थ्य केन्द्र र रानिटार मावीमा गरिएको ५० जनाको एण्टिजेन परिक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको फिदिम नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक प्रवेश श्रेष्ठले जानकारी दिनुभयो ।
आज थपिने संक्रमितहरुमा फिदिम अस्पतालमा गरिएको ३३ जनाको परिक्षणमा १४ जना, हिलिहाङ ४ मा १ जना रहेका छन् ।
उता फाल्गुन्नद गाउँपालिका १ नवमिडाँडामा पहिलो पल्ट १ जनामा संक्रमण पुष्टि भएको छ । आज नवमीडाँडामा गरिएको ३५ जनाको परिक्षणमा १ जनामा संक्रमण पुष्टी भएको फालग्नुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङदेम्वेले जानकारी दिनुभयो ।
कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा ९८ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
हाल जिल्ला अस्पताल पाँचथर र समर्पित अस्पतालमा कोरोना संक्रमित को उपचार भैरहेको छ ।
जिल्लाका २ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् ।






















