पाँचथरमा आज आज ५९ जना संक्रमित थपिए, कुन स्थानीय तहमा कती ??

खविन लुइटेल ।। जिल्लामा आज ५९ जना संक्रमित थपिएका छन ।

फिदिम नगरपालिकामा गरिएको ३७ जनाको परिक्षणमा १९ जना र हिलिहाङ ३० जनाको परिक्षणमा १७ जनामा आज संक्रमण पुष्टि भएको छ DCCMC पाँचथरका फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।

यस्तै तुम्वेवा गाउपालिका मा हिजोको परिक्षणमा ७ जना संक्रमित थपिएका थिए भने आज समेत ६ जना थपिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार तुम्वेवामा संक्रमितको संख्या २० पुगेको छ ।  आज तुम्वेवाको वडा नं. २, ३ र ४ मा परिक्षण भएको थियो । वडा नं. ५ मा भएको  १९ जनाको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको, त्यसै गरी वडा नं. ४ मा २० जनाको परिक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको र वडा नं. २ मा १२ जनाको परिक्षणमा कसैमा पनि संक्रमण पुष्टि नरहेको पाइएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उता फाल्गुनन्द गाउँपालिकामा आज २ स्थानमा परिक्षण गरिएको त्यहाँबाट गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । विहान राँकेमा गरिएको परिक्षणमा २१ जनाको परिक्षणमा ३ महिला र ६ पुरुष गरी ९ जनामा संक्रमण पुष्टी भएको र अहिले अपराहन्न घुर्विसे पञ्चमीमा गरिएको २७ जनाको परिक्षणमा २ पुरुष २ महिला गरी ४ जनामा संक्रमण पुष्टी भएको भट्टराइले बताउनुभयो ।

यस्तै फालेलुङ गाउँपालिकामा गाउँपालिकामा १ जनाको एण्टिजेन परिक्षण गरिएकोमा नेगेटिभ नतिजा आएको छ । फालेलुङमा हाल सम्म ३ जना मात्रै सकृय संक्रमित रहेको प्रमुख प्रशासकिय अधिकर्त विनौ चौहानले जानकारी दिनुभयो ।

कुम्मायकमा २१ जनाको परिक्षणमा ४ जनामा पोजेटिभ आएको कुम्मायक गाउपालिकाका सुचना अधिकारि देवेनद्र कटुवालले  जानकारी दिनुभयो ।

मिक्लाजुङमा अहिले एण्टिजेन परिक्षण नभएको र हाल सम्म ५१ जना संक्रमित गाउँपालिकामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अग्नी चौलागाइले जानकारी दिनुभयो ।

कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ जनाले ज्यान गुमाएका छन् भने ९१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार