MRR पाँचथरद्वारा वाणिज्य संघको अभियानलाइ सहयोग

नयाँ कुरो समचार ।। सामाजिक सञ्जालमा सकृय यूवाहरुको समूह (मेन्स रुम रिलोडेड) MRR पाँचथरले उद्योग वाणिज्य संघ पाँचथरको अभियानलाइ सहयोग गरेको छ ।

कोरोनाको प्रकोप पाँचथरमा समेत तिब्र गितमा वढिरहेका वेला पाँचथर उद्योग वाणिज्य संघद्धारा जिल्लाको अस्थायी कोभिड अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदको लागि सहयोगको आह्वान भएको थियो ।

२० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र ५० थान अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने वाणिज्य संघको अभियानमा MRR पाँचथरकाे टिमबाट  ३३,३३३।३३ रुपैया सहयोग गरेकी उक्त्त समूहले जनाएको छ ।

समाजसेवामा सकृय, राष्ट्रिय र सामाजिक मुद्धाहरूमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाे स्वतन्त्र युवा हरूकाे समूह MRR ले यस अगाडि पनि यस्ता सामाजिक गतिवधी गर्दै आएको र आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ ।

युवाहरुले स्वतस्फूर्त रुपमा संकलन गरेको सानो रकमले जिल्लाकाे स्वास्थ्य क्षेत्रमा ठुलाे मद्धत मिल्ने विश्वास लिएको उक्त्त समूहका सदस्यहरुले बताएकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार