ताप्लेजुङ, जेठ ६ गते । प्रतिनिधिसभाका सदस्य तथा पुर्वमन्त्री योगेशकुमार भट्टराईको पहलमा पठाइएको स्वास्थ्य सामग्री बुधबार ताप्लेजुङ आइपुगेको छ ।
पुर्वमन्त्री भट्टराईको पहलमा बुधबार आइपुगेको स्वास्थ्य सामग्री जिल्ला अस्पताल ताप्लेजुङले ग्रहण गरेको छ ।
स्वास्थ्य सामग्री अन्तर्गत ४ सय थान एन्टिजेन किट, अक्सिजन कन्सिनट्रेटर ७ थान, एन ९५ मास्क १ सय थान, पीपीई १ सय थान, पञ्जा १ सय थान, सर्जिकल मास्क २ हजार थान, सेफ्टी चस्मा ५० थान र २० लीटर सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री प्राप्त गरेको जिल्ला अस्पतालले जनाएको छ ।
ताप्लेजुङमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा प्राप्त भएको सामाग्रीले थप टेवा पुग्ने अस्पतालले जनाएको छ ।
भट्टराईले यसअघि पनि अक्सिजन सिलिण्डर लगायतका समाग्री उपलब्ध गराउन समेत सहयोग गर्नुभएको थियो । @RadioTamro






















