अभिनयले दर्शक रुवाउदै आठ वर्षिया वालिका (भिडियो सहित)

नयाँ कुरो समाचार ।। पाँचथर कुम्मायककी ८ बर्षिया वालिका जेलिशा थापाले विद्यालयमा आयोजना भएको सांगितिक कार्यक्रममा नृत्य प्रस्तुत गरिन् । कार्यक्रममा गएका कुम्मायक गाउपालिकाका कर्मचारी मदन थापाले उक्त भिडियो फेसवुकमा राखिदिए ।

करिव ४८ घण्टामा १० लाख भन्दा धेरै पटक जेलिसाको भिडियो हेरियो र सबै सकारात्मक प्रतिकृया आयो । आठ वर्षिया सानी नानीले माया प्रेमका गितमा गरेको अभिनयले यतिवेला विश्वभरी रहेका नेपालीको ध्यान तानिरहेको हो ।

भिडियोमा अधिकाशं कमेन्टहरु मैले आँशु नै रोक्न सकिन भन्ने खालका छन् । उनले एलिना चौहान को यो भाग्यमा खोट छ, प्रकास सपुतको बोल माया लगायतका गितमा अभिनय गरेका भिडियोहरु सामाजिक सञ्जालमा हेर्न पाइन्छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार