ज्योती भण्डारी ।। पाँचथर जिल्लामा एकैदिन ६५ जना संक्रमित थपिएका छन् । मिक्लाजुङ गाउँपालिकामा २ पटक संकलन गरिएको PCR को नतिजा आज आउदा ३२ जनामा संक्रमण पुष्टि भएको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।
यस्तै हिलिहाङ गाउँपालिकामा एण्टिजेन विधीबाट गरिएको आजको २४ परिक्षण मध्ये ११ जनाको नतिजा पोजेटिभ आएको बताइएको छ ।
यता फिदिम नगरपालिकामा भएको २० एण्टिजेन परिक्षण मध्ये १४ जनामा पोजेटिभ देखिएको छ ।
तुम्मेवामा ६ जनाको परिक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने याङवरकमा ४ जनाको परिक्षणमा ३ जनामा पोजेटिभ देखिएको तुम्वापोले बताउनुभयो ।
हाल जिल्लामा सकृय संक्रमितको संख्या २ सय २० पुगेको छ । जसमध्ये १ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनालाइ जिल्ला वाहिर थप उपचारको लागि रेफर गरिएको छ । हाल जिल्लामा १२ जनाको उपचार भैरहेको छ ।
कोरोनाको दोश्राे लहरमा पाँचथरमा १ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा जिल्लामा १३ जना निको भएका छन् ।






















