पाँचथरमा आज ७ जना संक्रमित थपिए

ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज ७ जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ८३ पुगेको छ भने १ जना निको भएका छन ।

आज थपिएका संक्रमित मध्ये २ जना राकेका, १ जना हिलिहाङ गाँउपालिका का र ४ जना फिदिमका रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।

आज जम्मा १२ जनाको एण्टिजेन परिक्षण गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार