ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज ६ जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।
आज थपिएका संक्रमित मध्ये ३ जना फिदिमका, २ जना याङ्वक गाँउपालिका का र १ जना तुम्बेवा गाँउपालिकाका रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।
आज फिदिममा १६, याङ्वकमा ५, र तुम्बेवामा ४ गरि जम्मा २५ जनाको एण्टिजेन परिक्षण गरिएकाे थियाे ।






















