पाँचथरमा आज १० जना संक्रमित थपिए

ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज १० जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ६७ पुगेको छ । यो अवधिमा १ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका संक्रमित मध्ये हिलिहाङ गाउँपालिकाका ४ जना र याङवरक गाउँपालिकाका ६ जना रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।

यता फिदिममा भने आज ५२ जनाको पिसिआर संकलन गरिएको छ । यसैविच जिल्ला अस्पताल पाँचथरमा उपचारारत हिलिहाङ गाउँपालिकाका एक संक्रमितलाइ थप उपचारको लागि झापा विएण्डसी अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार