संक्रान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण..

प्रिय योङ्हाङ पाँचथर: पाँचथरको फिदिम नगरपालिका वडा नं.–१२ मा रहेको संक्रान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत ४२ जना बिद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो ।

जनसेवा समाज पाँचथरको संयोजनमा गरिएको कार्यक्रम सिटिजन लाइफ इन्स्योरेन्सकी शाखा प्रबन्धक कविता चापागाईंको आर्थिक सहयोगमा भएको हो । आफ्ना स्वर्गीय पिता थुमनाथ चापागाईंको सम्झनामा कार्यक्रम गरिएको हो ।

पिताले स्वर्गमा राम्ररी वास पाउनुहोस भन्ने मनोकांक्षा र आफ्ना पिताको दुखि पिडितलाइ सहयोग गर्ने भावनाको कदर गर्दै उहाँको सपनालाई साकार पार्न उक्त कार्यक्रमको आयोजना गरिएको कविता चापागाईंले बताउनु भयो ।

१ नं. प्रदेश सांसद तथा उद्योग पर्यटन तथा वन वातावरण समिति सभापति सिता थेवेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । फिदिम नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष सन्तोष आचार्य र स्वर्गीय थुमनाथ चापागाईंकी श्रीमती टिकामाया चापागाईंको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय व्याबस्थापन समिती अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको इन्स्योरेन्सकी सहायक शाखा प्रवन्धक कविता चापागाँईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार