भदौ २६, २०७७: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बसेको हो ।

स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि झण्डै फुटेको नेकपा कार्य दलले तयार पारेको प्रतिवेदनमा छलफल गर्न बोलाइएको कार्यदलका संयोजक महासचिव विष्णु पौडेलले जानकारी दिए।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकको छलफलका विषयहरुमा दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका प्रस्ताव तयार गरिएको छ।

यसैगरी मन्त्रिमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ।

साथै कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ। from:stv