प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै बोलाएपछि मन्त्रीहरु बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि संकटमा पर्नुभएका प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श गर्न लाग्नुभएको हो ।

परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गर्नुभएको थियो ।