कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।

उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। उनीहरुको पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो।

यो सँगै नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ। swasthyakhabar