२०७७, ५ जेष्ठ सोमबार: नेपालमा थप ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सोमबार (आज) बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिला, त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमाकोरोना संक्रमण पुष्टि भएको हो ।