
पाँचथर । नेपाल विद्यार्थी संघ पाँचथरले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भूमी हडप्दापनि सरकार नबोलेको भन्दै नेविसंघले बुधबार दिउँसो हेँवाखोलाको आर्यघाटमा दुई देशका प्रधानमन्त्रीको पुत्ला एकैसाथ जलाएको हो ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले सिमा मिचेको र सिमाको रक्षा गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ले प्रभावकारी भुमिका खेल्न नसकेको आरोप उनिहरुको छ । भिडियो हेर्नुहोस