सप्तरीका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

२०७७, २९ बैशाख: सप्तरीमा पनि आज (सोमबार) एक जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कूल संक्रमितमध्ये ३१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार