प्रधानमन्त्री ओली भन्छन्ः भारतबाट कोरोना नभित्र्याऊँ, सीमानामा कडाइ गरौं

२०७७, २१ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभएको छ।

भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा भएको छलफलमा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताउनुभयो।

मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए। चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरेका थिए।

प्रधानमन्त्री ओलीले भने भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै सीमानाकामा कडाई गर्न निर्देशन दिनुभएको छ। सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको क्याबिनेटमा प्रधानमन्त्रीको विश्लेषण थियो ।

अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने क्याबिनेटको निश्कर्ष रहेको बताइएको छ। from:radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार