खविन लुइटेल, पाँचथर, २० बैसाख ।। पाँचथरको याङबरक गाउँपालिकाको नागिमा रहेको क्वारेटिनमा बसेको १ युवकमा आरडिटि पोजेटिभ पाइएको छ । आज गरिएको परिक्षणमा आरडिटी पोजेटिभ पाइएको स्वास्थ्य कर्मीले जानकारी दिएका छन् ।
उक्त क्वारेन्टिनमा आज ३ जनाको परिक्षण गरिएको थियो । क्वारेन्टिमा बस्नु भन्दा अगाडी उनी २ दिन घर बसेको थिए । काठमाण्डौमा रहेका उनी बहिनी संगै गाउँ आएको र २ दिन घर बसेपश्चात क्वारेन्टिन पुगेका थिए । क्वारेन्टिनमा पुगेको ७ दिनमा उनीमा आरडिटि पोजेटिभ पाइएको हो ।
उनि संगै काठमाण्डौबाट आएकी बहिनीमा भने आरडिटि नेगेटिभ पाइएको स्वास्थ्य कर्मीले जानकारी दिएका छन् । गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका नागरिकहरुको क्वारेन्टिनमा बसेको ७ दिन पुगेपछी आरडिटि परिक्षण गर्ने गरिएको स्वास्थ्य कर्मीको भनाइ रहेको छ ।
सोहि क्रममा ति युवाको समेत आज ७ दिन पुगेको र उनको नमुना संकलन गरिएको १० मिनेटमा परिक्षण गर्दा पोजेटिभ देखिएपछी त्यहाँ रहेका स्वास्थ्य कर्मीले गाउँपालिका स्वास्थ्य शाखा संयोजकलाइ खबर गरेका थिए ।
पुनः गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखकको टोली पुगेर अर्कोफटक नमुना संकलन गरेको १२ मिनेटमा परिक्षण गर्दा समेत आरडिटि पोजेटिभ पाइएपछी उनको थ्रोट स्वाव संकलनको लागि जिल्ला अस्पताल पाँचथर ल्याइदैछ । आरडिटी पोजेटिभ पाइएका युवक बसेको क्वारेन्टिनमा बसेका ३ जनाको आज परिक्षण गरिएको हो उक्त्त क्वारेन्टिनमा १३ जनालाइ राखिएको छ ।
ती युवकको “थ्रोट स्वाव” संकलन गरेर पिसिआर विधीबाट परिक्षणको लागि पठाउने तयारी भैरहेको श्रोतले बतायो ।






















