१९ बैशाख २०७७: बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ । from:ujalyo