नयाँ कुरो समाचार ।। गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । उक्त डिभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएको थियो । तर अब मे ५ मा डिभी लोटरीको नतिजा नआउने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुशार डिभी लोटरीको नतिजा सार्वजनिक हुने दिन झण्डै एकमहिना पछाडि सारिएको छ । डिभी लोटरीको नतिजा अब जुन ६ मामात्र सार्वजनिक हुने भएको छ ।
अमेरिकी विदेशमन्त्रालयको श्रोतसाधन अहिले अमेरिकाबाहिर रहेका अमेरिकी नागरिकका लागि परिचालन गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाको महामारीका सन्दर्भ उत्पन्न समस्या समाधानमा लागेकाले डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालको भनाई छ ।
डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनमा भने कुनै असर नपर्ने जनाइएको छ । सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु गरिनेछ । अमेरिकी कानुन अनुशार डिभी कार्यक्रमका लागि अमेरिकी विदेशमन्त्रालयले आफ्नो भूमिका गम्भिरतापूर्वक लिने जनाएको छ । Source : khasokhas