मेची हाइवेबाट कोरोना फैलने त्रास, हजारौ सर्बसाधारण जोखिममा

उर्गेन तामाङ पाचथर । पाँचथरमा मुख्य राजमार्गका पसलबाट कोरोना भाईरसको संक्रमण फैलने जोखिम देखिएको छ । पछिल्लो समय लकडाउनकै समयमा पनि मालबाहक लगायत अन्य सवारिसाधन बढी गुडन थालेसगै राजमार्गका खुद्रा पसलबाट कोरोना संक्रमणको जोखिम बढेको हो ।

झापा लगायत मुलुकका विभिन्न जिल्लाबाट खाध्यन्न लगायत दैनिक उपभोग्य सामान लिएर सवारिसाधान जिल्लाका खुद्रा पसलमा पुग्दा पसल संचालक र उपभोक्ताहरु संक्रमणको जोखिममा परेका हुन । बाहिरी जिल्लाबाट आएका सवारी, चालक र सहचालक सग पसल सञ्चालक सुरक्षा बिना सिधा सम्पर्कमा पुग्दा संक्रमणको जोखिम देखिएको हो ।

बाहिरी जिल्लाबाट आएका सवारी र चालक सह चालकसग असुरक्षित रुपमा भेटेका पसल संचालक र उपभोक्ताबिच असुरक्षित भेटघाट हुदा मुख्य राजमार्गका पसलबाट गाउँ बस्तिमा कोरोनाको संक्रमण फैलने त्रास बढेको राजमर्ग आसपासका ब्यावसायी बताउछन् । अहिले मुख्य राजमार्गमा रहेका अधिकाम्स पसल खुलेका छन भने कोरोना विरुद्धको सुरक्षा सतर्कतामा हेलचेक्राई भैरहेको पाइएको छ ।

हाइवेको जोखिमबारे प्रसासन, स्थानिय सरकार लगायत सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न सकेको छैन । स्वास्थ्य सम्बेदन्सिलता जस्तो महत्वपूर्ण बिसयमा ध्यान नपुग्दा हाइवे छेत्रका हजारौ सर्बसाधारण कोरोना सन्क्रमणको उच्च जोखिममा रहेका छन । कोरोनाको जोखिम बढ्दै गए पनि स्थानिय सरकारले अहिलेसम्म सचेतना लगायत कुनैपनी कार्यक्रम नगरेको हिलिहाङ ७ कुपेलिका स्थानिय धनपती प्याकुरेलले गुनासो गरे ।

यसैबिच जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिमल साप्कोटाले अहिलेको विषम परिस्थितिमा सबैको ध्यान अन्यत्र मोडिदा हाइवेको जोखिमबारे ध्यान नपुगेको बताए । निक्कै महत्वपूर्ण कार्यक्रम छुटिरहेको भन्दै सापकोटाले भने “अब ढिला गर्नुहुदैन, चाडै हाइवे केन्द्रित कार्यक्रमका लागि सम्बन्धित सबैसग छलफल गर्नेछु ।” यस्तै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार सर्माले पाँचथरको मुख्य राजमार्ग छेत्रको जोखिमबारे स्थानिय सरकार प्रमुखसग चाडै छलफल गरि एउटा निस्कर्षमा पुग्ने बताए ।

आफुहरुले दैनिक रुपमा अनावश्यक भिडभाड नगर्न, जरुरि काम परे माक्स लगाएर मात्रै हिडन आग्रह गरेपनी बुझिबुझी अटेरी गर्नेगरेको प्रहरी चौकी जोरपोखरिका सहायक प्रहरी निरीक्षक कृष्ण प्र भट्टराईले बताए । जिल्लाको सबैभन्दा लामो दुरि हाइवेले जोडेको हिलिहाङ गाउपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पालिकामा पर्ने मुख्य राजमार्ग केन्दृत कार्यक्रम चाडै गर्ने बताए ।

लिङ्देनले पछिल्लो समय मालबाहक सवारी साधान बाक्लो गुड्नु, चालक, सहचालक, पसल सन्चालक र सर्बसाधारणले हेलचेक्राइ गर्दा जोखिम बढदै गएको बताए । नागरिकलाई सुरक्षित राख्न अब थप कडाई गर्नुपर्ने देखिएको उनको भनाई छ ।

हिलिहाङलाई फिदिम नगरपालिकासग सिमा जोडिएको हेवाखोलादेखी सुरु भएको मेची हाइवेले ताप्लेजुङसग सिमा छुट्टिने काबेली नदिसम्म छोएको छ । पाँचथरसगै हाइवे जोडिएको झापा, इलाम, ताप्लेजुङ लगायत मुलुकका अन्य जिल्लाहरुमा पनि हाइवेमा सुरक्षा सतर्कता नअपनाउदा कोरोना भाईरस संक्रमणको उच्च जोखिम देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार