पाँचथर ।। पाँचथर भित्रिने मुख्य नाका भएकै काँरण फाल्गुनन्द गाउँपालिकाले यतिबेता जिल्लाका अधिकाशं स्थानिय तहका नागरिकलाई क्वारेन्टिनमा राखिरहेको छ । विना समन्वय काठमाण्डौबाट हिडेका सयौको संख्याका सर्वसाधारणलाई हतारोमै भएपनी ब्यावस्थापन गरेर गाउँपालिकाले राखिरहेको हो ।
आफुहरुसंग समन्वय नगरीकनै काठमाण्डौबाट पठाएको भनेर अन्य स्थानिय तहले आफ्ना नागरिकलार्ई गाउँ प्रवेशको लागी आनाकानी गरिरहँदा फाल्गुनन्दले भने दैनिक सयौलाई, खाना र बस्नको प्रबन्ध मिलाउन बाध्य भएको हो ।
गाउँपालिका अध्यक्ष विरबहादुर कुरुम्बाङ अनुसार ढिलो गरी नागरिक पाँचथर आउदै गरेको खबर प्राप्त भएको र फाल्गुनन्दकै वडा नं. ३ मा रहेको विद्यालयमा राखिने जानकारी प्राप्त हुने बित्तिकै आफुहरुले केही घण्टामै सयौको संख्यामा रहेका जिल्लाका अधिकाशं स्थानिय तहका नागरिकलाई ब्यावस्थापन गरेको बताउछन् ।
जहाँ अहिले एक सय भन्दा धेरै काठमाण्डौ बाट फर्किएका विद्यार्थी लगायत रहेका छन् । फाल्गुनन्द गाउँपालिकाका भन्दा अन्य स्थानिय तहका धेरै नागरिकलाई उक्त स्थलमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीको भनाइ रहेको छ । उक्त विद्यालय भवनमा फिदिम नगरपालिका सहित, कुम्मायक, फालेलुङ लगायतका स्थानिय तहका नागरिक रहेका छन् ।
केही घण्टामै क्वारेन्टिनको रुपमा तयार गरिएको विद्यालयका कोठाहरुमा ठुलो संख्यामा जिल्ला भित्रिएका नागरिकलाइ राखिएको छ । स्थानीय र सुरक्षा कर्मीहरुसंगका सहकार्यमा विद्यालयमा बनाइएको क्वारेन्टिन ब्यावस्थापनमा रेडक्रसले उपलब्ध गराएको ब्ल्याङकेट भन्दा बाहेक अन्यत्र कतैबाट केही पनी सहयोग प्राप्त नभएको फाल्गुनन्द गाउँपालिकाले बताएको छ । त्यहाँ रहेका सम्पूर्ण सामाग्री हरु रातिको १० बजे सम्म केही सुरक्षा कर्मी, जनप्रतिनिधी र कर्मचारी खटेर निर्माण गरिएको बताइएको छ ।
सबै स्थानीय तहहरुलाइ आ आफ्ना नागरिक लैजानको लागी आफुहरुले समन्वय गरिरहेको र फाल्गुनन्दका नागरिकलाइ आरडिटि विधीबाट परिक्षण पश्चात घर पठाउने तयारी गाउँपालिकाले गरेको छ ।






















