थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

बैशाख १६, २०७७: नेपालमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा दुवैको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

संक्रमित दुवैजना पुरुष रहेको पनि उनले जानकारी दिए । दुबैजना केही समयअघि भारतबाट आएका थिए । थप विवरण भने आइसकेको छैन ।

यसको औपचारिक पुष्टि स्वास्थ्य मन्त्रालयले विस्तृत विवरणका साथ केही बेरमा गर्ने जनाएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । fram: khabarmanch

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार