काठमाण्डौ । नेपालमा थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्का क्रममा थप तीन जनामा काेराेना संक्रमण पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार २४, ६०, र ७२ वर्षीय पुरुपमा संक्रमण पुष्टि भएकाे हाे । धरानकाे विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा काेराेना पुष्टि भएकाे हाे ।
संक्रमण पुष्टि भएका तीनै जना अहिले क्वारेन्टाइनमा रहेकाे र उनीहरुलाई अस्पताल लाने तयारी भइरहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।
याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ ।






















