पाँचथर ।। कक्षा ९ मा अध्यनरत सिदार्थ नेपालले कोरोनाको अपडेट हेर्न मिल्ने “नेपाल ट्रयाकर” नामक एन्ड्रोएड एप्लीकेसन बनाएका छन् । लक डाउनको समयमा केही सृजनात्मक काम गरौ भनेर इन्टरनेट र अनलाइलकै सहायतमा एप्लीकेसन बनाउन सफल भएको उनले प्रतिकृया दिएका छन् ।
सिदार्थ फिदिम स्थित विद्यावरदान इङलिस स्कूलमा कक्षा ९ मा अध्ययनरत रहेका छन् । उनले बनाएको “एप” हाल एन्ड्रोएड भर्सनमा मात्र उपलब्ध रहेको छ । उनले बनाएको “एप” बाट नेपाल सहित विश्वमा कोरोनाको प्रभावको अपडेट हेर्न सकिन्छ ।
वल्डोमिटर, जोन्स होप्किन्स युनिभरर्सिटी लगायतका विश्वसनिय श्रोतलाई उनले आफ्नो एप्लीकेसनमा लिंक गरेका काँरण एप्लीकेसनमा उपलब्ध हुने तथ्याङ्क विश्वसनिय रहेको छ ।
एप्लीकेसन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
एप्लिकेसन इनस्टल गर्न यहाँबाट सिक्नुहोस ।






















