२०७७, १० बैशाख: विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हालसम्म १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन्।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । इरानमा ५२९७, बेल्जियम ५९९८, नेदरल्याड्स ३९१६ मा जनाको मृत्यु भएको छ ।






















