२०७७ वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीकाे अडानमा राजनीतिक दल फुटाउने प्रावधानलाई खुकुलाे बनाउन अध्यादेश ल्याउने निर्णय भएपछि पूर्व माओवादी खेमाका मन्त्रीहरुकाे छुट्टै बैठक बसेकाे छ ।
साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत बहुमत भए हुने प्रावधान सहित अध्यादेश ल्याउने निर्णय गरेकाे छ ।
उक्त निर्णयपछि पूर्ण माओवादी मन्त्री र अन्य केही नेताहरु सिंहदरवारमा छलफल गरी पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
पूर्व माओवादी खेमाका एक नेताका अनुसार प्रधानमन्त्रीकाे उक्त निर्णयकाे सम्भावित असर र अन्य रणनीतिका विषयमा छलफल गर्न उनीहरु खुमलटार गएका हुन् ।
पछिल्लाे समय सत्तारुढ नेकपाभित्रकै दुई खेमाबीच मतभेद चलिरहेकाे र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन चलखेल भइरहेका टीप्पणि आउन थालेका थिए । यस्ताेमा आफूलाई मजबुद बनाउन र आवश्यक परे पार्टीनै फुटाउन प्रधानमन्त्रीले अध्यादेश ल्याउन खाेजेकाे नेकपा नेताहरुकाे बुझाइ छ ।
यस्ताेमा प्रचण्डले के गर्छन् भन्ने अहिले भन्न सक्ने अवस्था छैन । from:खबरमञ्च






















