तेह्रथुममा ३ जनामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

बैशाख ७, २०७७: तेह्रथुममा अहिलेसम्म तीनजनामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी परिक्षणमा कोरोना पोजेटिभ देखिएका तीनैजना मेन्छयायेम गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो ।

तीनजनाको आरडीटी पोजेटिभ आउने वित्तिकै जिल्ला अस्पताल तेह्रथुमको आइसोलेसनमा राखिएको छ । आरडीटी पोजेटिभ देखिएका ३ जना र अन्य ७ जना गरी जम्मा १० जनाको नमूना संकलन गरी पिसिआर परीक्षण लागि कोशि अञ्चल अस्पताल विराटनगारमा पठाइएको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

संभावित क्षेत्रहरुमा आरडीटी परिक्षणकाे कार्य पनि भइरहेको छ । आरडीटी परिक्षण नै क‍रोना (कोभिड-१९) छुट्याउने अन्तिम परीक्षण भने होइन । पिसिआर परिक्षणमा क‍रोना (कोभिड-१९) नेगेटिभ आउन पनि सक्ने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाँउपालिका स्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । जिल्लामा शनिबार सम्म १ सय ५८ जनाको परीक्षण गरिएकोमा तीनजना बाहेक अन्यको नेगेटिभ रिपोर्ट आएको छ । from: hamrosawal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार