सप्तरीका दुई जनामा र्‍यापिड टेष्ट पोजेटिभ

२०७७,३ बैशाख : सप्तरीका दुई जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएपछि दुई स्थानीय तह शिल गरिएको छ ।

आरडीटीका क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

दुवै स्थानीय तहमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो। त्यहाँका मान्छे बाहिर निस्कन नपाउने र बाहिरका मान्छे भित्र पस्न नपाउने गरी स्थानीय तह शिल गरिएको उहाँले बताउनुभयो।

तर, अत्यावश्यक अवस्था आए स्थानीय स्तरमा खटिएका सुरक्षाकर्मीको समन्वयमा आवश्यक निर्णय गर्न सकिने बताउनुभयो। from:hamrosawal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार