२०७७, २ बैशाख मंगलवार: भारतमा मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने यही मात्रै अन्तिम विकल्प भएको बताएका छन्। उनले सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको बताएका छन्।
भारतमा अहिलेसम्म आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन्। भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ।
हिजो मात्रै भारतमा १२ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। भारतमा हालसम्म १० हजार ४ सय ५३ कोरोना संक्रमित भेटिँदा ३५८ जनाले ज्यान गुमाइसकेका छन्। radionrn






















