पाँचथर ३० चैत्र ।। पाँचथरको तुम्वेवा गाउँपालिका वडा नं. ५ मा निर्माणाधिन पुलमा काम गर्ने एक भारतिय मजदुरको ज्यान गएको छ । गय राति उनिहरु सुतिरहेको स्थान भन्दा माथिबाट खसेको ढुंगोले लागेर भारतको विहार निवासी २८ बर्षिय नजबुर आलमको ज्यान गएको उक्त पुल निर्माण गरिरहेका निर्माण ब्यावसायी शैलेन्द्र कुरुम्बाङले जानकारी दिए ।
उक्त पुल निर्माणको लागी ५, ६ वटा “क्याम्प” मा भारतिय मजदुर बस्ने गरेको बताइएको छ । लक डाउनका कारण पुल निर्माणको काम नभएपनी उनिहरु घर फर्किन नपाउँदा त्यही बस्न बाध्य भएका छन् । मृतक अहमद सुतेको ठाउँमा समेत अन्य ४ जना संगै सुतेका थिए । गय राती त्यस क्षेत्रमा सामान्य बर्षा भएको र माथिबाट ठुलो ढुंगो झर्दा घाइते भएका उनलाइ उपचारको लागी लैजाने तयारी गर्दा गर्दै ज्यान गएको बताइएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय रवीका प्ररही निरिक्षक विजय कार्कीले समेत पुष्टी गरेका छन् । लक डाउनका कारण घर फर्किन नपाएका भारतिय मजदुर हरु दर्जनौको संस्यामा त्यस क्षेत्रमा रहेका छन् ।






















