राँकेमा ८ जनाको कोरोना परिक्षण, सबैको रिर्पोट नेगेटिभ

पाँचथर ।। प्रदेश १ सरकारले सुरु गरेको कोरोना ¥यापिड टेस्ट अन्तर्गत आज फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा ८ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । राँके स्थित नेपाल रेडक्रस सोसाइटिको भवनमा रहेको क्वारेन्टायनमा बसेका ७ र अर्का १ गरी ८ जनाको परिक्षण गरिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

परिक्षण गरिएका आठै जनामा कोरोना संक्रमण नरहेको प्रारम्भिक परिक्षणबाट पाइएको छ । यो संगै फाल्गुनन्द गाउँपालिकाको क्वारेन्टायनमा राखिएका सातै जनालाइ घर फर्काउने तयारी गरिएको छ । जिल्ला जनस्वास्थय कार्यालय मार्फत कोरोना नेगेटिभ प्रमाण पत्र प्रदान गरे पश्चात वडा कार्यालयहरु मार्फत उनिहरुलाई घर पु¥याउने प्रवन्ध मिलाइने तिखत्रीको भनाइ रहेको छ । घरमा समेत उनिहरु ७ दिन सम्म होम क्वारेन्टायनमा महिला स्वास्थ्य स्वयं सेविकाको विशेष निगरानिमा बस्नेछन् ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मार्फत आएका प्राविधिकहरुले राँकेमा ¥यापिड टेस्टीङ किट मार्फत कोरोनाको जाँच गरेको हुन् । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र ब. आङबोका अनुसार पाँचथर जिल्लाका अन्य स्थानीय तहका क्वारेन्टायनमा राखिएकाहरुको समेत कोरोना परिक्षण तिब्र रुपमा गरिने जनाइएको छ । यसरी परिक्षण गर्दा संकास्पद देखिए थप परिक्षणको लागी धरान लगिने प्रदेश सरकारको तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार