कोरोना रोकथामका लागि प्रतिपक्षी सहितको उच्चस्तरीय संयन्त्र आवश्यक: प्रचण्ड

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताउनुभएको छ।

शुक्रबार एक टेलिभिजनमा अन्तरवार्ताको क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो। उहाँले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताउनुभएको छ।

“मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु।” उहाँले भन्नुभएको छ, ‘सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ।’

यस्तै उहाँले त्यस खालको संरचनाले जनतामा पनि विश्वास पैदा हुने बताउँदै आफूले प्रधानमन्त्री र अन्य राजनीतिक दललाई त्यसतर्फ सोच्न पनि सुझाव दिएको बताउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार