आठराईकाे वनमा मंगलबार बिहान ९ बजेबाट सुरू भएको आगाे लामाे समय पछि नियन्त्रणमा

तेह्रथुमको अाठराई गाउँपालिका वडान ७ स्थित खेप्वा दाेभान बाट मंगलबार बिहान सुरुभएकाे अागाे लामाे समय पछि बल्ल नियन्त्रणमा अाएकाे छ । अागाे नेपाल प्रहरी ,ससस्त्र प्रहरी स्थानिय बासिकाे लगातार प्रयास पछि नियन्त्रणमा अाएकाे हाे ।

मंगलबार बिहान ९ बजेबाट सुरू भएको आगलागी विभिन्न बस्तीमा प्रवेश गरे सगै ७ घर जलेर नष्ट भएका छन। अागाेबाट साबिक वडान ८ ढाेडेनिका नरेन्द्र चम्लगाई ,टंक नाथ चम्लगाई काे घर जलेर नष्ट भएको छ । यस्तै साबिक वडान १ पिप्लेका श्रीबिलास मादेम्वा , रन बहादुर बराल र हस्त बहादुर बरालकाे घर जलेर नष्ट भएको छ ।

साबिक वडान ९ भाेर्लेका पन्जमान तामाङ र फुलकुमार तामाङकाे घर समेत पुर्ण रुपमा जलेर नष्ट भएको छ । रनबहादुर बराल ,हस्तबहादुर बराल , पन्जमान तामाङ र फुलकुमार तामाङकाे परिवार भने यश अघि नै तराईमा बसाइँ सरेर गईसकेका छन ।

अागाेबाट लाेकतान्त्रिक सामुदायिक वन, अाहालटार सामुदायिक वन , भन्ज्याङडाँडा सामुदायिक वनमा रहेका लाखौं मुल्य बराबरका खयर, साल ,सल्ला लगायत प्रजातिका वनस्पति जलेर नष्ट भएका छन । अागलागिकाे क्षेतिबारे यकिन बिवरण अझै अाउन बाकी रहेको छ । from:hamrosawal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार