चैत्र २७,अमृत बास्तोला/तेह्रथुम : तेह्रथुमको आठराईमा बिहिवार दिउँसो आएको हावाहुरीले विभिन्न कार्यालय र घरहरू क्षति पुगेको छ । दिउँसो ३:३० बजेदेखि सुरू भएको सुख्खा हावाहुरीले आठराई गाउँपालिकाको कार्यालय नवनिर्मित भवनको छाना उडाएको छ ।
संक्रान्तिबजारमा रहेको आयुर्वेद औषधालय र ईवामा रहेको पोमाजोङ सामुदायिक अध्ययन केन्द्रको पनि छाना उडाएको छ । त्यस्तै संक्रान्तिबजारको शिवकुमारी काफ्लेको घरको पनि छाना उडाएको छ ।






















