कोरोना रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भए परिवारले ५० लाख पाउने

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कार्यमा खटिनेका लागि राहत प्याकेज घोषणा गरेको छ।

हिजाे बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोनाबाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी, बैठकले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार