बाणिज्य संघद्वारा स्थापित “फुड बैंकमा” दाताको रुची बढ्दो (सुची सहित)

पाँचथर ।। जिल्लाका आठै स्थानीय तहलाइ खाद्य सामाग्री उपलब्ध गराउने उद्देश्यले स्थापना भएको फुड बैंकमा सहयाेग दाताकाे रुची बढ्दो पाइएको छ । लकडाउनका कारण जीविको पार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा ‘फुड बैंक’ स्थापना गरिएको हो ।

पाँचथर उद्योग वाणिज्य सङ्घले स्थापना गरेको यस्तो “सामाग्री संकलन केन्द्र” मा खाद्यान्न तथा नगदै प्रदान गर्न ब्यावसायी तथा अन्य समेत उत्साहित देखिएका छन् । “खाद्य बैंक” मा दाताहरुबाट खाद्यवस्तु चामल, दाल, नुन, तेल तथा नगद सङ्कलन भैरहेको सङ्घका अध्यक्ष दीपक नेपालको भनाइ रहेको छ ।

यसरी सङ्कलित खाद्य सामग्री र नगद सङ्घले जिल्लाका ८ वटै स्थानीय तहलाई समानुपातिकरूपमा उपलब्ध गराउने बताइएको छ ।

वितरण भने स्थानीय तह आफैँले गर्नेछन् । यस्तो छ हाल सम्म खाद्य बैंकमा संकलित सामाग्रीको र दाताको विवरण

श्रोत : पाँचथर उद्योग बाणिज्य संघ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार