पाँचथर : पाँचथरको फालेलुङ ५ मा रुखको हाँगाले लागी एक जनाको ज्यान गएको छ । फालेलुङ ५ लुदिन बस्ने ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी मृ*त्यु भएको हो ।
सनिबार दिउँसो ३ बजे सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागी गम्भिर घाईते भइ उपचारका लागी फिदिम ल्याउने क्रममा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।






















