कोरोना सारेको भन्दै प्रेमीले गरे प्रेमिकाकाे ज्यानलिए, दुबै कोरोना संक्रमित नभएको पुष्टि

इटालीमा एक वार्ड बोयले कोरोना भाइरस संक्रमित गरेको आरोपमा आफ्ना प्रेमिकाको ह*त्या गरेका छन् । ती दुबै इटालीको सिसलीको मेसिनामा काम गरिरहेका थिए तर कारोना भाइरस फैलिएपछि स्वास्थ्य सेवामा खटाइएको थियो । २८ बर्षीय डि पेसले मंगलबार प्रहरीलाई फोन गरी आफू आफ्नै प्रेमिकाको ह*त्या गरेको जानकारी दिएका थिए ।

सिसलीका प्रहरी घटनास्थल पुग्दा उनले आफ्नै नाडी काटिसकेका थिए । उनलाई लोरेनाको सहयोगीहरुले बताए । उनले प्रहरीलाई भने,’ मैले उसलाई मारेँ, किनभने उनले मलाई कारोना भाइरस सारिदिएकी थिइन् ।’

तर प्रारम्भिक जाँचमा उनीहरु दुबै कोरोना संक्रमित नभएको प्रहरीले जानकारी दिएको छ । त्यसैले पेसको बयान संस्कास्पद रहेको प्रहरीले बताए ।

यसबीच यस घटनालाई लिएर इटालीमा सामाजिक सन्जालमा ब्यापक आक्रोस देखिएको छ । लोरेनले आफनो मृत्यु हुनु केही दिन अघि यस महामारीका क्रममा मर्ने ४१ डाक्टरका बारेमा पहिला पोस्ट गरेका थिए ।

इटाली कोरोना भाइरसबाट विश्वमा सबैभन्दा प्रभावित देश मध्यमा पर्छ । यहाँ १४ हजार ६ सय ८१ ले ज्यान गुमाइसकेको छ भने १ लाख २० हजारको हाराहारीमा संक्रमित छन् ।

(एजेन्सी)/newsofnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार