फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष को निधन

पाँचथर ।। फिदिम नगरपालिका ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ । झापा स्थित वि एण्ड सी अस्पतालले आज दिउसो उहाँलाइ मृत घोषणा गरेको हो । ३० बर्षिय तुम्वापो युवा संघका जिल्ला सह संयोजक समेत हुनुहुन्थ्यो । हिजो मात्रै उहाँलाइ फिदिम बाट हेलिकप्टर मार्फत विर्तामोडको वि एण्ड सि अस्पताल लगिएको थियो ।

गएको हप्ता उपचार पश्चात धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फर्कनुभएको थियो । सामान्य ज्वरो आए पश्चात जिल्ला स्थित पाथिभरा अस्पतालमा भर्ना हुनुभएका उहाँ थप उपचारको लागि धरान पुग्नुभएको हो ।

धरानबाट उपचार गरेर फर्किए पश्चात उनले आफु ठिक भएर फर्किएको भन्दै आफ्नो स्वास्थ्य प्रति चासो र चिन्ता ब्यक्त गर्नेलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । तर अचानक स्वास्थ्यमा समस्या देखिएपछी उहाँलाई फिदिम स्थित समर्पित अस्पतालमा भर्ना गरिएको थियो ।

लगत्तै यहाँ उपचार संभव नहुने देखिएपछी झापा पुर्याइएको हो । विहानै देखी तुम्वोपोको स्वास्थ्य अवस्था बुझ्न प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र ब. आङबो तथा जिसस पाँचथरका सभापति विष्णु प्रसाद सापकोटा, नेकपा पाँचथर जिल्ला अध्यक्ष राजकुमार भण्डारी लगायतको टोली विएण्ड सी अस्पताल झापामा पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार