पाँचथरे २ युवा आएकै जहाजमा आएकी अर्की युवतीलाइ समेत कोरोनाको पुष्टी ।।

पाँचथर १५ चैत्र ।। नेपालमा थप १ जनालाइ कोरोना संक्रमणको पुष्टी भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । उनी हालै मात्र युरोपबाट फर्किएकि थिइन् ।

यो संगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । उक्त्त विमानमा आएका २ जना पाँचथरका समेत रहेको र हाल उनिहरुलाइ मोरङको टाढीमा रहेको क्वारेन्टायनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार