ज्योती भण्डारी पाँचथर १४ चैत्र ।। सामान्य रुघा खोकी लागेपछी जिल्ला अस्पताल पुगेका २ जना युवालाई आइसोलेसनमा राखिएको छ । भर्खरै भारतबाट फर्किएका १ र उनका साथी १ जनालाई निगरानिको लागी आइसोलेसनमा राखिएको जिल्ला अस्पताल श्रोतले बतायो ।
उनिहरुमा ज्वरो भने देखिएको छैन् । कोरोना संक्रमित मुलुकबाट भर्खरै आएकोले संकास्पद विरामीको रुपमा उनिहरुलाई निगरानीमा राखिएको जिल्ला अस्पताल पाँचथरका डा. विशाल नेपालीले जानकारि दिए ।
भर्ना गरिएका विरामीहरुको “ट्रायल हिस्ट्री” समेत हेरिएको डा. नेपालीले बताए । आइसोलेसनमा राखिएका शंकास्पद विरामीको थप परिक्षणको लागी नमुना संकलन गरेर सुविधा सम्पन्न ठाउँमा पठाउने तयारी भैरहेको छ ।






















