खविन लुइटेल, पाँचथर  चैत्र १२ गते  कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवती भेटिएपछी उक्त जहाजमा नेपाल आएका अन्य नेपालीको समेत खोजी भएको छ । यसै क्रममा पाँचथर ठेगाना भएका ३ जना युवा समेत उक्त जहाजमा आएको खुलेको छ ।

हाल झापा बसोबास गर्दै आएका गौतम थरका १ जना र पाँचथर नवमिडाँडा र शिवा का १ – १ जना युवाहरु भने ९ दिन सम्म गाउँमै रहेको खुलेको छ । ९ दिनको दिन नवमिडाँडाका युवा भने स्वास्थ्य परिक्षणको लागि फिदिम पुगेका थिए ।

उनलाइ अन्य समस्या देखियो भने आउन भन्दै चिकित्सकले फर्काइदिएको समेत बुझिएको छ । तर अपराहन्न उनिहरुको बारेमा सामाजिक सञ्जालमा चर्चा भएपछी प्रदेश १ का आर्थिक मामलिा तथा योजना मन्त्रि इन्द्र ब. आङबोको विशेष पहलमा दुवैजनालाइ मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा राख्नको लागी लगिएको छ ।

उनिहरुको परिवारलाई घरमै विशेष निगरानीमा “होम क्वारेन्टाइन”मा राखिने भएको छ । प्रारम्भिक चरणमा युवाहरुकोे स्वास्थ्य परिक्षण गरेर रिपोर्ट जतिसक्दो छिटो सार्वजनिक गर्न सक्नु पर्नेे मन्त्री आङबोले प्रतिकृया दिनुभएको छ ।

उनिहरुसंगै आएका गौतम थरका युवा भने हाल झापामा बसोबास गर्दै आएकोले झापामै परिवार सहित क्वारेन्टाइनमा रहेको श्रोतले बतायो ।