पाँचथर १० चैत्र ।। कोरोना भाइरस (कोभिड( १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्र्दैै लिम्बु बिद्यार्थी मञ्च शाखा पाँचथर बहुमुखी क्याम्पसले भाइरसको संक्रमण कम गराउन अभियान थालेको छ । आइतबारबाट थालिएको अभियान आज दास्रो दिन पनि चलाइएको हो । पहिलो चरणमा २ सय जनामा भाइरस सम्बन्धी चेतनामुलक पर्चा पुर्याइएको थियो भने आज दास्रो दिन “सकरात्मक सोचौं सचेत रहौं, आफू पनि बचौं अरुलाई पनि बचाऔं” भन्ने नारा सहितको ब्यानर लिई फिदिम परिक्रमा गर्दै फिदिमको अधिकांश ठाँउहरुमा पर्चा टाँसिएको थियो भने पर्चा र माक्स समेत वितरण गरिएको हो ।

यो क्रम संक्रमण अवधिभर निरन्तर चलिरहने लिम्बु विद्यार्थी मञ्च क्याम्पस अध्यक्ष युन्छोहाङ आङदेम्बेले बताउनु भयो । उनले भने–पर्चामा कोरोना के हो ? यसका लक्षण के के हुन् र यसबाट सावधानिका उपायहरु केके हुन् भन्ने कुराहरु उल्लेख गरिएको छ ।

भिडाभाडमा जाँदा अपनाउनु पर्ने सावधानी सगैं निरन्तर हात धुने, माक्सको प्रयोग गर्ने सहितका सावधानीका उपाय उल्लेख गरिएका पर्चा बितरण गरिएको छ ।